सपोर्ट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा

५ कार्तिक २०८१, सोमबार ११:०६

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी दशौं वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*