पार्किङमै जलेर खरानी भयो सेरेस ईभी गाडी

५ कार्तिक २०८१, सोमबार १०:४३

काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिरहेको सेरेस ईभी जलेर खरानी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको एसईआरईएस (सेरेस)  ईभीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा व्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो । लगत्तै आगो फुटेर गाडी ध्वस्त भएको बताइएको छ ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*