नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्ने

५ कार्तिक २०८१, सोमबार ०९:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्सं लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) को प्रतिकित्ता १०० रुपैयाँ शेयर मूल्य रहने ५० लाख कित्ता शेयर खरीदका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको र गत कात्तिक १ गते कम्पनीसँग शेयर लगानी सम्झौता भइसकेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*