समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै, विश्वका ३०० बीमाकर्मी काठमाडौंमा

५ कार्तिक २०८१, सोमबार ०८:३३

काठमाडौं । नेपाल बीमक संघको आयोजनामा म्युनिख रि फाउण्डेशनसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

राजधानी काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु हुने कार्यक्रममा विश्वका ४० देशका करिब ३०० जना प्रतिनिधिहरु सहभागी हुने आयोजक नेपाल बीमक संघले जनाएको छ । म्युनिख री फाउण्डेशनको नेतृत्वमा विश्वभरका बीमाकर्मीहरु काठमाडौंमा आईपुगेको उपाध्यक्ष डिर्क रेनहार्डले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बीमा सम्मेलनका लागि हिजो साँझसम्म २६९ जना विदेशी पाहुनाहरु नेपाल आईपुगिसकेका छन् भने बाँकी रहेका पाहुनाहरु आजसम्म आइपुग्नेछन् ।

विश्व प्रख्यात पुनर्बीमा कम्पनी म्युनिख रिसँगको सहकार्यमा हुन लागेको समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा उपस्थित सहभागीहरुका कारण यतिबेला सिंगो काठमाडौं बीमाकर्मीहरुले भरिएका छन् । नेपालको इतिहासमा विश्वभरका ३०० जना बीमा क्षेत्रका बिज्ञ, जानकार, कर्मचारीहरुले भरिएको पहिलो पटक हो ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी पुरा भएको बताउँदै सम्मेलनमा समावेशी बीमाबारे गहन र नतिजामुखी छलफल हुने बताए ।
सम्मेलनमा नेपालबाट करिब २०० जना प्रतिनिधि सहभागी हुनेछन् । हरेक कम्पनीबाट पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यस्तै, नियामक नेपाल बीमा प्राधिकरण तथा अन्य एजेन्सीबाट पनि सरकारी सहभागिता हुनेछ ।

म्युनिख रि फाउण्डेशनले वर्ष घानामा सम्पन्न भएको सम्मेलनमा यस वर्ष नेपालमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*