काउलीको भाउ स्थिर रहँदा घिरौला र गोलभेडाको घट्यो, कति छ आज मूल्य?

५ कार्तिक २०८१, सोमबार ०७:३०

काठमाडौं । कालिमाटी तरकारी बजारमा अघिल्लो दिनको तुलनामा स्थानीय काउली ११० रुपैयाँमै स्थिर रहँदा घिरौलाको भाउ १० रुपैयाँले घटेर ५० रुपैयाँ न्यूनतम मूल्य कायम भएको छ ।

सोमबार लोकल सानो र टनेल गोलभेडाको भाउ पनि १० रुपैयाँले घटेर क्रमशः ९० र १०० रुपैयाँ न्यूनतम कायम भएको छ । तीते करेलाको भाउ घटेर ४० रुपैयाामा झर्दा लौकाको बढेर ४० रुपैयाँ पुगेको छ । लोकल बन्दा ५ रुपैयाँले घटेर ४० रुपैयाँ कायम हुँदा इस्कुसको भाउ बढेर २५ रुपैयाँ किलो न्यूनतम मूल्य पुगेको छ ।

यस दिन कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र कुरीलो ४०० रुपैयामै स्थिर रहँदा तोरीको साग २० रुपैयाँले बढेर ७० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
कात्तिक ५ गतेको मूल्यः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*