अमेरिकी डलरको भाउ आज पनि स्थिर, अन्य मुद्राको विनिमयदर कति?

५ कार्तिक २०८१, सोमबार ०६:२९

काठमाडौं । सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यस दिन १ अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । शनिबारदेखि नै डलर यही भाउमा कारोबार हुँदै आइरहेको छ ।

आज १ साउदी अरेबियन रियालको खरीददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने कतारी रियाल १ को खरीददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

त्यस्तै १ युएई दिरामको खरीदमूल्य ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७० पैसा छ भने १ मलेसियन रिगिंटको खरीदभाउ ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*