दुई महिनामा वाणिज्य बैंकको मुनाफा साढे १७ अर्ब, नविल र ग्लोबल आइएमई अग्रस्थानमा, अन्य कुनको कति?

४ कार्तिक २०८१, आईतवार १६:४२

काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित २० वाणिज्य बैंकले उक्त मुनाफा आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । भदौ महिनासम्ममा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।

धेरै नाफा कमाउनेमा दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै, इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् ।

त्यस्तै एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख रुपैयाँ नाफा गरेका छन् ।

यस अवधिमा एनआइसी एसिया ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख कमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*