कुमारी बैंक र गूडविल फाइनान्समा लगानीकर्ताको लर्को, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

४ कार्तिक २०८१, आईतवार १५:१८

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज गुडविल फाइनान्स र कुमारी बैंकको शेयरमा लगानीकर्ताहरुको झुम्मिएका छन् । गूडविल फाइनान्सको ४५ करोड रुपैयाँ र कुमारी बैंकको ३७ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ, एचआइडिसीएलपीको २३ करोड रुपैयाँले कारोबार भएको छ । आइतबार विभिन्न कम्पनीहरुको २० लाख ८६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ८ अर्ब १८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*