४७ अंकको गिरावट हुदाँ नेप्से २६ सयको बिन्दुमा, कारोबार रकम ८ अर्ब

४ कार्तिक २०८१, आईतवार १५:०७

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि कारोबार रकममा चाँही बृद्धि भएको छ । आइतबार विभिन्न कम्पनीहरुको २० लाख ८६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ८ अर्ब १८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार म्युचुअल फण्डबाहेकका सबै उपसूचकहरु रातम्मे बनेका छन् । जसमा २२६ वटा कम्पनीहरुको शेयरमूल्यमा भारी गिरालट आएको छ । गूडविल फाइनान्स र कुमारी बैंकको कारोबार सर्वाधिक रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*