प्रतिकित्ता ६०० रुपैयाँमा जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा

४ कार्तिक २०८१, आईतवार ११:२७

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण दुवैले खरीद गर्न पाउँछन् । शेयर खरीद गर्दा घटीमा २५० कित्ता र बढीमा १०० ले निःशेष भाग जानेगरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएकाले खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।

आवेदन आज कात्तिक ४ गतेदेखि १४ गते अपरान्ह ३ बजेभित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ वा एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बालुवाटार, काठमाडौंमा दिइसक्नु पर्नेछ ।

प्राप्त आवेदनहरू कात्तिक २५ गते आइतबार बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*