निर्जीवन बीमा क्षेत्रकै नमुना कम्पनी बन्यो शिखर इन्स्योरेन्स, बाढी पहिरो गएको महिनादिनभित्रै शत प्रतिशत भुक्तानी गर्दै

४ कार्तिक २०८१, आईतवार १०:३३

काठमाडौं । बीमा आपत पर्दा र दैवी प्रकोपजन्य घटनाहरुबाट हुने क्षतिको सारथी हो भन्ने भनाईलाई चरितार्थ गर्दै शिखर इन्स्योरेन्सले बाढी पहिरो पीडितहरुलाई अग्रिम दावी भुक्तानी दिएर उत्कृष्ट कार्य गर्न सफल भएको छ । लामो समयदेखि नेपाली निर्जीवन बीमा क्षेत्रमा आफूलाई एक नम्वरको बीमा कम्पनी दावी गर्दै आएको कम्पनीले बाढी पहिरोमा भएको क्षतिको दावी भुक्तानीमा पनि पहिलो नम्वरमै रहेर उत्कृष्ट बीमा सेवा प्रवाह गर्न सफल भएको छ ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण अर्बौ रुपैयाँको क्षति भयो । बीमा नगरेका क्षतिहरुको हकमा पीडित आफैले नोक्सान व्यहोरेका छन् भने बीमा गरेकाहरुलाई भने बीमा कम्पनीमार्फत बीमा पोलिसी अनुसारको राहत पाउनेछन् । तर, त्यसरी राहत पाउनेहरुमा शिखर इन्स्योरेन्समा बीमा गरेकोले मात्रै प्राप्त गर्न सफल भएका छन् । अन्य बीमा कम्पनीमा बीमा गरेकाहरुले अत्यन्तै त्यून मात्रै बीमा दावी भुक्तानी पाएको तथ्याङ्कले देखाएको छ ।
अहिलेको घटनाले शिखर इन्स्योरेन्स कम्पनीलाई आइडियल बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको एक बीमा कम्पनीका पूर्व सिईओले बीमापोष्टलाई बताए ।

 

कम्पनीले सर्भेयर मात्र नभएर चाडवाडमा समेत सयौं कर्मचारीलाई परिचालन गरेर बीमितहरुलाई छिटो छरितो दावी भुक्तानी उपलब्ध गराइरहेको शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे बताउँछन् । पाण्डे भन्दछन्, ‘अबको एक साता वा तिहार अघि बाढी पहिरो पीडितहरुले पेश गरेको सबै बीमा दावी भुक्तानी सम्पन्न गर्नेछौं ।’

अन्य बीमा कम्पनीहरुले भर्खरै सर्भेयर खटाउन थाल्दा शिखर इन्स्योरेन्स कम्पनीले भने बीमितहरुलाई दावी भुक्तानी प्रक्रिया नै पुरा गरेर बीमा दावी भुक्तानीमा चमत्कारिक क्षमता प्रदर्शन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले बाढी पहिरोको क्षतिले निर्जीवन बीमा कम्पनीमा परेका दावी भुक्तानीहरुलाई बीमा सचेतना जगाएर बीमाप्रति नागरिकहरुको नकारात्मक सोचलाई परास्त गर्ने अवसरका रुपमा लिएको छ । कम्पनीले गत बहिबारसम्ममा ८९ वटा बीमा दावी वापत १७ करोड २४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ । जबकी अन्य सबै बीमा कम्पनीहरुले जम्मा चार लाख रुपैयाँ मात्रै दावी भुक्तानी दिएको छ ।

Source: NIA

 

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म सञ्चालन गरेका १४ निर्जीवन बीमा र ४ लघु बीमा कम्पनीहरुले जम्मा चार लाख रुपैयाँ बराबरको मात्र बीमा दावी भुक्तानी गरेको देखिएको छ ।

शिखर इन्स्योरेन्स बाढी पहिरोको क्षतिले पीडा भोगिरहेका बीमितहरुको दुःखमा मलम लगाउने काम गर्न सफल भएको छ । कम्पनीले आफ्ना बीमितहरुको दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएर भुक्तानीलाई छिटो र सरल बनाएको छ ।

कम्पनीमा परेका बीमा दावीलाई एक अवसरको रुपमा लिएर बीमितहरुलाई अग्रिम दावी भुक्तानीको समेत सुुविधा दिएर कम्पनीले बीमा दावी फछर्यौट गरेको छ । शिखर इन्स्योरेन्सको उत्कृष्ट दावी विभागको कार्य र क्षमतावान उच्च व्यवस्थापकको सक्रियताले बीमितहरुले समयमै बीमा दावी पाइरहेका छन् ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले आफ्ना बीमितहरुलाई अर्को साताको अन्तिमसम्म सबै दावी भुक्तानी गरिसक्ने गरी काम अगाडि बढाइरहेको बताएका छन् ।

‘बीमा दावी भुक्तानीको लागि बीमितहरुले नै समयमै विभिन्न आवश्यक कागजातहरु पेश नगरेका कारण बीमा दावी भुक्तानी गर्न ढिलाई भएका छन् ।’ उनले भने, ‘सर्भेयर मार्फत डकुमेन्टमा केही समस्या भएको खण्डमा बीमितहरुले सिधै कम्पनीमा सम्पर्क गरेर दावी लिन अनुरोध गर्दछु ।’

CEO of Shikhar Insurance Company ltd.

कार्यकारी अधिकृत पाण्डेले बाढी पहिरोको क्षतिले परेका दावीहरुलाई आम जनता समक्ष बीमाप्रति जनचेतना जगाउने अवसर भएको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘यतिबेला शिखर इन्स्योरेन्स कम्पनीले जसरी सबै कम्पनीहरुले पनि बीमा दावी भुक्तानी गरेर सचेतना फैलाउने अवसरका रुपमा लिनुपर्ने हो ।

बीमा दावीको रकम यकिनका लागि क्षति भएको सम्पत्ति मर्मत गर्न, आवश्यक कागजात जुटाउन तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित कार्यविधि बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको छ ।

 

शिखर इन्स्योरेन्सले चमत्कारिक तरिकाले शत प्रतिशत दावी भुक्तानी गर्नै लाग्दा अन्य बीमा कम्पनीहरुमाथि चर्को नैतिक दवाव परेको छ । शिखर इन्स्योरेन्स कम्पनीले बाढी पहिरो गएको एक सातादेखि नै अग्रिम भुक्तानी दिएर राहत दिन सुरु गरेको थियो । अब दावी भुक्तानी प्रक्रिया नै पुरा गर्ने तरिकाले अघि बढेपछि बीमा गर्नुअघि मानिसलाई सोच्न बाध्य बनाएकोछ । ‘बाढी गएको भेल सुक्न नपाई बीमितले पैसा पाउने रहेछौं, अन्य कम्पनीहरुले यसरी बीमा दावी भुक्तानी किन दिन सक्दैनन् ?’ बीमा अभियान्ता बलराम श्रेष्ठले प्रश्न गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*