शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे नियुक्त

४ कार्तिक २०८१, आईतवार १०:२०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिएका छन् ।

यसअघि सोही कम्पनीमा सिईओ रहेका पाण्डेलाई नयाँ बीमा ऐन अनुसारको प्रावधान बमोजिम पुनः सिईओ पदमा नियुक्त गरिएको हो । पाण्डे नेपाली निर्जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी र उत्कृष्ट बीमा सेवा प्रवाह गराउन सक्ने क्षमता भएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*