अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

४ कार्तिक २०८१, आईतवार ०७:०७

काठमाडौं । आइतबार अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा र खरीददर १३४ रुपैयाँ २१ पैसामै स्थिर रहेको छ । अघिल्लो दिन शनिबार पनि डलरको सोही मूल्य तोकिएको थियो ।

एक यूरोपियन डलरको खरीदमूल्य १४५ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १४६ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यस्तै साउदी अरेबियन रियाल एकको बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ भने खरीददर ३५ रुपैयाँ ७३ पैसा छ ।

यता १ अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा तोकिएको छ । १ क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*