सहकारीको रकम अपचलन आरोपमा रवि लामिछाने पक्राउ

२ कार्तिक २०८१, शुक्रबार १९:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

अब उनलाई पोखरा लैजाने तयारी छ । यसअघि कास्की जिल्ला अदालतले लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*