बीमा कम्पनीहरुमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमूल्य (सूचीसहित)

२ कार्तिक २०८१, शुक्रबार १६:२४

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । सबै बीमा कम्पनीका लगानीकर्ताहरुले उचित मूल्यमा शेयर कारोबार गरेका छन् । बिहीबार हिमालयन रिइन्स्योरेन्सको शेयर प्रतिकित्ता ८८५ रुपैयाँ र नेपाल रिइन्स्योरेन्सको ८३७ रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार लाइफ इन्स्योरेन्स उपसूचक ०.२४ प्रतिशत अर्थात ३३.१४ अंकले घटेर १३ हजार ३७० को अंकमा कायम भएको छ । यस उपसूचकमा कारोबार भएका १२ वटा कम्पनीहरुमध्ये ७ वटाको शेयरमूल्य बढेको छ भने ५ वटाको घटेको छ ।

यो साताको अन्तिम कारोबारका दिन एलआइसी नेपालको सबैभन्दा बढी शेयरमूल्य रहेको छ ।

यस्तो छ शेयरमूल्यः

त्यस्तै, ननलाइफ इन्स्योरेन्स उप–सूचक झिनो अंकले बढेर १३१९७ को बिन्दुमा कायम भएको छ । यस उप–सूचकमा कारोबार भएका कम्पनीहरुमध्ये सात वटाको शेयरमूल्य वृद्धि भएको छ ।

यस्तो छ शेयरमूल्यः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*