नोट छपाइका भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्दै, युरोपियन कम्पनी विस्थापित हुँदै

२ कार्तिक २०८१, शुक्रबार १३:१८

काठमाडौं । पछिल्लो समय भएका नयाँ नोट छपाइका टेन्डरमा भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्ने गरेका छन् ।पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित हुँदै छिमेकी मुलुकले नै नोट छपाइको टेन्डर जित्दै आईरहेको छ। गर्भनर महाप्रसाद अधिकारीको कार्यकालदेखि युरोपियन कम्पनीहरु पछि हट्दै गएको देखिन्छन्।

गत सातामात्र चिनियाँ कम्पनी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले १० रुपैयाँ दरका ४३ करोड थान नोट छपाईको जिम्मा दिनका लागि आसयपत्र दिने निर्णय राष्ट्र बैंकले गरेको छ। यसका लागि ७१ लाख १७ हजार अमेरिकी डलर उक्त कम्पनीले कबोल गरेको छ।

तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन्। यसअघि भएको टेन्डरमा २० रुपैयाँको नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो। त्यस्तै विभिन्न दरका नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको थियो।

यसअघि ५० र १००० दरका नोट छाप्ने जिम्मा भने भारतीय कम्पनीले पाएको थियो।

यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए। छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। सो कारण पनि युरोपियन कम्पनीहरु आफै पछि हट्ने गरेको खुलेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम वर्ष हुँदा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ।

राष्ट्र बैंकले पछिल्लो समय चारवटा अन्तष्ट्रिय टेन्डर गरेको छ। ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो।

राष्ट्र बैंकले ३५ करोड थान पाँच रुपैयाँका नोट छपाइका लागि अप्रिल १९, २०४ मा टेन्डर आह्वान गरेको थियो। त्यस्तै १० रुपैयाँ दरका ३४ करोड थान नोट र १०० रूपैयाँका ३० करोड थान नोट छपाइका लागि यही साता टेन्डर भएको छ। ५०, २० र एक हजाररुपैयाँका नयाँ नोट छपाइका लागि टेन्डर भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*