कामना सेवा बैंकका सीईओ दिनेश थकाली र सञ्चालकहरुले एक वर्षमा बुझे डेढ करोड बढी रुपैयाँ, कुनले कति ?

२ कार्तिक २०८१, शुक्रबार १३:०८

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक वर्षमा तलव भत्ता बापत एक करोड सात लाख सात हजार रुपैयाँ बुझेका छन् ।

बैंकको १८ औं वार्षिक साधारण सभाले पारित गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार कार्यकारी अधिकृत थकालीले तलबभत्ता  वापत उक्त रकम बुझेका हुन् । उनले यस अवधिमा अन्य सुविधा बापत २६ हजार रुपैयाँ समेत लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै, बैंक साञ्चालक समितिका सञ्चालकहरुलाई गत आर्थिक वर्षमा बैठक भत्ता, यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्च स्वरुप कुल ५१ लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ । जसमा सञ्चालहरुले बैठक भत्ता वापत १४ लाख रुपैयाँ र अन्य विविध खर्च वापत ३६ लाख रुपैयाँ बुझेका छन् ।

बैंकले सञ्चालक समिति अध्यक्षलाई प्रतिवैठक नौ हजार रुपैयाँ र अन्य सञ्चालकहरुलाई ८ हजार रुपैयाँका दरले वितरण गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*