अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम

२ कार्तिक २०८१, शुक्रबार ११:०४

काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २ गते शुक्रबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २२ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि असोज २६ गते शनिबार अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २० पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ ९भारु० पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ५० पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ४५ पैसा र खरिद दर १७४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*