सुनको मूल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ प्रतितोला कारोबार ?

२ कार्तिक २०८१, शुक्रबार १०:५२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी बुधबार सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर तेस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*