काउली सस्तिँदा घिरौला महंगियो, कति छ कालीमाटीमा मूल्य?

२ कार्तिक २०८१, शुक्रबार ०७:५६

काठमाडौं । कालीमाटी तरकारी बजारमा अघिल्लो दिनको तुलनामा स्थानीय काउलीको मूल्य २० रुपैयाँले घटेर ९० रुपैयाँमा झर्दा घिरौलाको भाउ १० रुपैयाँले बढेर ७० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज इस्कुस २० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, लौका ४० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, टाटे सिमी र भटमासकोशा ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, लोम्चो भन्टा ३० रुपैयाँ, कन्य च्याउ ११० र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
कात्तिक २ गतेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*