सन नेपाल लाइफ इन्स्योरेन्सले प्राप्त गर्‍यो ISO/IEC 27001 : 2022 प्रमाणपत्र

१ कार्तिक २०८१, बिहीबार १७:५३

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ ।

उक्त  मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पारेको कम्पनीले जनाएको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा ISO/IEC 27001 : 2022 सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी ISO/IEC 27001 : 2022 को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

कम्पनीले यसबाट कम्पनीले Risk Based Modality मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागिFirst line of Defense बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेे जनाएको छ ।

ISO/IEC 27001: 2022 को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।

One thought on “सन नेपाल लाइफ इन्स्योरेन्सले प्राप्त गर्‍यो ISO/IEC 27001 : 2022 प्रमाणपत्र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*