बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

१ कार्तिक २०८१, बिहीबार १७:१०

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बार अध्यक्ष घिमिरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो । अदालतको उक्त आदेशले फेरी पनि बार र अदालतबीचको सम्बन्धले बिथोलिने एक न्यायधिसले बताए ।

असोज १४ गते घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । बार अध्यक्ष घिमिरेले सर्वोच्चमा न्यायाधीश सिफारिस गर्दा लेनदेनका आधारमा गरेको अभिव्यक्ति दिएपछि फूलकोर्टको रायले उपरजिष्ट्रार घिमिरेले प्रतिवेदन दर्ता गराएका थिए । न्याय परिषदले असोज ११ गते सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

न्याय परिषदले नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रतिवेदन दर्ता लगत्तै अदालतलाई दशैं विदा लागेपछि कार्तिक १ गतेलाई तारेख तोकिएको थियो ।

प्रधानन्यायाधीश नियुक्त भएपछिको पहिलो सुरुवातमा प्रकाशमान सिंह राउतले बार अध्यक्षविरुद्धको कारबाही अघि बढाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*