विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै
१ कार्तिक २०८१, बिहीबार १४:३७
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बिहीबार बस्ने भएको छ ।
बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनः निर्माण बारे महत्त्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ।