प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा

१ कार्तिक २०८१, बिहीबार १३:५९

काठमाडौं । बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठकसुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् ।

बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*