प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा
१ कार्तिक २०८१, बिहीबार १३:५५
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोडभन्दा बढी रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज ३० गतेसम्म कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको हो ।
असोज ११ गतेदेखि परेको अविरल वर्षा र बाढीले पुर्याएको जनधनको क्षतिको स्थितिको सामना गर्न संस्थागत तथा व्यक्तिगत माध्यमबाट सहयोग रकमहरू प्राप्त भएका हुन् ।
कोषमा साल्ट ट्रेडिङ कर्पाेरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाल संगठनले ५१ लाख रुपैयाँ दाखिल गरेको छ । यस्तै विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले समेत सहयोग रकम दाखिल गरेका थिए ।