विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था संसोधन, कुन प्रायोजनको लागि सटही सुविधा कति ?

१ कार्तिक २०८१, बिहीबार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैैंकले विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ।

राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट सामान आयात गर्ने व्यवस्थालाई परिमार्जन गरेको छ। पहिला राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट ९० दिनभित्र सामान आयात गनुपर्ने व्यवस्था राखेको थियो । यो व्यवस्था परिमार्जन गर्दै १२० दिन पुराएको हो ।

हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालैविदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले परिमार्जन गर्दै अमेरिकी डलर एक लाख मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था राखेको छ।

विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि खरिद गर्ने प्रयोजनका लागिनेपाली नागरिकहरूलाई देहाय बमोजिमको प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्ने सुविधा परिमार्जन गर्दै १५ हजार रुपैयाँसम्म सटही सुविधा दिने भएको छ।

बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषणका लागि प्रयोग गर्ने विनिमयदरको सम्बन्धमा बैंकहरूले डकुमेन्ट प्रयोजनका लागि निर्धारण गरेको विनिमयदरबाट फेडान (Foreign Exchange Dealers Association of Nepal)  मार्फत्राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन हुने सम्पूर्ण विदेशी मुद्राहरुको लागि औसत खरिद दर तय गरी प्रत्येक दिन बिहान १०ः०० बजे र दिनको २ः०० बजे रेमिटान्स विनिमय दरको रुपमा प्रकाशित गर्नु पर्ने व्यवस्था रहेको छ।

सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषण प्रयोजनका लागि समान रुपमा विनिमय दर कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले राखेको छ।यसरी फेडानले दैनिक २ पटक प्रकाशन गर्ने रेमिटान्स विनिमयदर इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

साथै, त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ विप्रेषण कारोबार गर्ने सबै इजाजतपत्रप्राप्त संस्थाहरूले फेडानको सदस्यता लिनुपर्ने अनिवार्य व्यवस्था गरेकोछ।

2081.06.30_FEMD-Circular-Teen-Mahale

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*