छोराको जन्मदिनमा बीमा पोलिसी उपहार

१ कार्तिक २०८१, बिहीबार १२:५३

काठमाडौं । बद्लिदो समयसँगै चाडपर्व तथा उत्सव आदि मनाउने प्रचलनमा पनि क्रमशः परिवर्तन देखिँदै आएको छ । जन्मोत्सवमा महंगा उपहार र फजुल खर्चको सट्टा भविष्यका लागि अपरिहार्य बीमा पोलिसी योजना उपहार स्वरूप दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको देखिन्छ ।

यसैको थप एक उदाहरण स्वरूप भिमसेन थापा गाउँपालिका–४ धावा, गोरखा स्थायी ठेगाना भएका नेत्रनाथ पोखरेलले आफ्नो छोराको जन्मदिनमा नेशनल लाइफको अमृत श्री अग्रिम भुक्तानी योजनाको जीवन बीमा पोलिसी उपहारस्वरूप दिएका छन् ।

हाल काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएका नेत्रलाल पोखरेलले आफ्नो छोरा निशान पोखरेलको १८औँं जन्मोत्सवमा अन्य महंगो उपहारको सट्टा नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा, घण्टाघरसँग सहकार्य गरी बीमा पोलिसी उपहारमा दिएका हुन् ।

यस प्रकारको उपहारले अनावश्यक कुरामा हुने फजुल खर्चमा नियन्त्रण गर्नुका साथै भविष्यका लागि बचत र सुरक्षा प्रदान गर्ने भएकाले यो विकल्प उत्तम हुने गरेको बीमा जानकारहरू बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*