नेपाल रिमेडिजले हकप्रद जारी गर्ने
१ कार्तिक २०८१, बिहीबार ०९:१७
काठमाडौं । नेपाल रिमेडिज लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले कात्तिक २१ गते बालुवाटारस्थित एभोकाडो क्याफे प्रा.लि. मा दिउँसो १ बजे विशेष साधारणसभा बोलाएको छ ।
सभाले कम्पनीको विद्यमान चुक्ता पूँजीको आधारमा १३.६३६४ प्रतिशत हकप्रद शेयर जारी गरी पूँजी संकलन गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सो बमोजिम प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।