प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

१ कार्तिक २०८१, बिहीबार ०८:४०

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*