भगवती हाइड्रोपावरको नगद लाभांश बैंक खातामा

१ कार्तिक २०८१, बिहीबार ०८:०४

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइएको छ ।

कम्पनीको असोज १६ गतेको २४औं वार्षिक साधारणसभाबाट पारित १०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैक खातामा पठाइएको हो । कम्पनीले उक्त लाभांश असोज २१ गतेदेखि पठाइएको बताएको छ ।

साथै लाभांश प्राप्त गर्न बाँकी शेयरधनीलाई कम्पनीले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न तथा शेयर अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*