अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१ कार्तिक २०८१, बिहीबार ०६:५३
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम रहेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ यस कम्पनीले भोलि (कात्तिक २) बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा उपस्थित हुन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले निर्णय गरेको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव विद्युत नियमन आयोगले अस्विकार गरेपछि लाभांश संसोधन गरी सभा डाकेको हो । यस कम्पनीको वार्षिक साधारणसभा कात्तिक ११ गते बस्दैछ ।