सूर्यज्योति लाइफको प्रोडक्ट एम्बेस्डरमा बिश्वराज रेग्मी नियुक्त

३० आश्विन २०८१, बुधबार १८:४८

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोडक्ट एम्बेस्डरमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराजज रेग्मी नियुक्त भएका छन् ।

कम्पनीको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट अन्तर्गत बिजय भएपश्चात रेग्मीलाई सूर्यज्योति धन बहार जीवन बीमा योजनाको एम्बेस्डरमा नियुक्त गरेको हो । उनलाई कम्पनीले १ वर्ष समय अवधिको लागि प्रोडक्ट एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।

रेग्मी कम्पनीका एक सफल सिनियर एजेन्सी म्यानेजर हुन् । उनले यो अवधिमा सयौं नागरिकको बीमा गरी र उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*