सरस्वती श्रेष्ठले सिटिजन लाइफमा आवद्ध भएर वर्षदिनमा गरिन् यस्तो प्रगती

राजन कठायत
३० आश्विन २०८१, बुधबार १८:१४

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी सरस्वती श्रेष्ठ । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै सरस्वती श्रेष्ठले सिटिजन लाइफमा आबद्ध भएको वर्षदिनमै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।

वर्षदिन अघिसम्म आफ्नै चिया पसलमा सन्तोषजनक व्यवसाय गरिरहेकी सरस्वती श्रेष्ठलाई बीमा अभिकर्ता बन्द गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज सरस्वीतलाई सिटिजन लाइफकी नमुना एजेन्सी म्यानेजरको रुपमा परिचय बनाउन सफल भइसकेकी छिन् ।

जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता सरस्वती श्रेष्ठले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले श्रेष्ठलाई निकै सहयोग गरेको छ ।

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा जन्मिएकी सरस्वती श्रेष्ठ अहिले सिटिजन लाइफ इन्स्योरेन्सको सूर्यविनायक शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी श्रेष्ठले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित भएकी छिन् ।

रामेछाप जिल्लाको श्री निलकण्ठ माध्यमिक विद्यालयबाट तत्कालिन समयमा नै एलएलसी उत्तिर्ण गरेकी उनी सानैदेखि पढाईप्रति अत्यन्तै लगाव राखेकी थिइन् । गाउँ समाजमा एक शिक्षित नारीको रुपमा आफ्नो परिचय बनाएकी श्रेष्ठ आफ्ना छोराछोरीलाई पढाउन २०७२ सालमा काठमाडौं प्रवेश गरेको बताउँछिन् ।

२०७२ सालमा व्यस्त सहर काठमाडौंमा प्रवेश गरेकी उनले आफ्ना छोराछोरीलाई असल शिक्षा प्रदान गर्नुका साथै पेप्सिखोलाको काडाँघारीमा एक चिया पसल सञ्चालन समेत गर्छिन् । आर्थिक समस्यालाई टार्न र छोराछोरीलाई समयसापेक्ष गुणस्तरीय शिक्षा दिन उनले सञ्चालन गरेको चिया पसलले निकै सहयोग गरेको धारण उनको रहेको छ ।

आम नागरिकहरुसँग बोल्ने नरम शैलि र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकी सरस्वतीलाई अभिकर्ता बन्न धेरै कम्पनीका मानिसहरुले आग्रह गर्छन् । सुरुमा बीमा सम्बन्धि जानकार नभएकी सरस्वती सिटिजन लाइफका गोपाल श्रेष्ठको सल्लाहमा अभिकर्ता व्यवसाय अंगाल्ने निधो गरेको बताउछिन् ।

२०८० सालको भदौ महिनादेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात भएको सुनाउछिन् उनी । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । आफ्नै चिया पसल गर्दै आएका कारण मानिसहरुसँग राम्रो सम्बन्ध रहेको थियो।’ उनले भनिन्, ‘वर्षदिन अभिकर्ता कोड निकालेपछि अनि मेरो बीमा क्षेत्रमा नयाँ यात्रा तय भएको थियो।’

घर परिवारको राम्रो साथ र सहयोग पाएकी श्रेष्ठले चिया पसललाई समेत त्यागेर बीमा व्यवसायलाई नै आन्तसाथ गरेर अगाडी बढेकी छिन् । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्प्रर्धा रहेको छ । मैले विस्तारै कम्पनीका विभिन्ना तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’ उनले भनिन्, ‘अहिले म चिया पसललाई बन्द गरेर अभिकर्ता पेशामा नै रमाइरहेकी छु।’

सयौँ नागरिकहरुलाई बीमा गर्नको लागि प्रस्ताव गर्दा पनि त्यस समुहबाट जम्मा ९ देखि १० जनाले मात्र बीमा गर्न सहमत हुने र अन्य नागरिकहरु विभिन्न बाहानामा पन्छिने गरेको उनको अनुभव छ । ‘मैले एक जना मानिसलाई बीमा गराउनको लागि २० पटकसम्म भेटेको छु । धेरै कोशिस गरेपछि अनी अन्तिममा बीमा गराएरै छोडेको छु।’ सुनाउछिन् सरस्वती ।

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले सरस्वती सूर्यविनायक शाखा कार्यालयमा दुई पटक ‘हिरो अफ द डे’ समेत बन्न सफल भएकी छिन् । यस कुराले बीमा गराउन उनीलाई झन उत्साह मिलेको छ ।

सरस्वतीका अनुसार सिटिजन लाइफमा रहेका बाल भविष्य, जीवन सारथी र शुभारम्भ लगायतका बीमा पोलिसीहरु नागरिकको पहिलो रोजाईमा रहेका छन् । नागरिकहरुले आफ्ना बालबालिकाहरुको लागि बाल भविष्य बीमा पोलिसी बढी खरिद गर्ने गरेका छन् ।

केही गलत नियत भएका अभिकर्ताहरुका कारण आफुहरु जस्ता नयाँ अभिकर्ताहरुलाई बजारमा बीमा पोलिसी बिक्री गर्न केही असहज परिस्थिती रहेको उनको बुझाई छ । उनी भन्छिन्, ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ वार्षिक उनले २५ देखि ३० जना मानिसहरुको बीमा गर्दै आएकी छिन् ।

मानिसहरुले विभिन्न बीमा कम्पनीबाट आफुहरु ठगिएको गुनासो उनलाई गर्दथे । उनले पनि राम्रोसँग कुरा सुनेर ठगिएका बीमितहरुले गरेका गल्तीलाई सुधार गरेपश्चात कहिल्यै पनि बीमा कम्पनीहरुले ठग्ने नगरेको सम्झाई बीमा गर्ने गरेको अनुभव बीमापोष्टसँग सुनाउँछिन् ।

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र गाउँ घरमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर अभिकर्ता श्रेष्ठले राम्रोसँग उनीहरुलाई झन बढी विश्वास दिलाई बीमा व्यवसाय गर्ने गरेको सुनाउछिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै श्रेष्ठको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत डराउने सरस्वती अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले काठमाडौंका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकीछिन् ।

छोटो अवधिमा नै बीमा व्यवसायले आफ्नो भविष्य सुरक्षित बनाएकी सरस्वतीले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछिन् सरस्वती । अन्यमा, उनले आम नागरिकहरुलाई गाँस, बास र कपास पछिको महत्वपूर्ण कुरा जीवन बीमा रहेको भन्दै बीमितहरुको सेवामा निरञ्तर सर्पित रहँदै आएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*