जन्मदिनको अवसरमा छोरालाई नेपाल लाइफको बीमा पोलिसी उपहार

३० आश्विन २०८१, बुधबार १७:३६

काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका –२ नरेठाँटी स्थायी घर भै वैदेशिक रोजगारमा रहेका पृथ्वी बहादुर खत्री र रमा खत्रीले आफ्नो छोरा प्रणव खत्रीको जन्मोत्सवमा बीमा पोलिसी दिएका छन् ।

खत्रीको पहिलो जन्मोत्सवका दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ लाख बिमाङ्कको बीमा योजना खरिद गरेका हुन् ।अनावश्यक खर्च गरेर जन्मदिन मनाउने प्रचलनलाई त्यागेर बीमा पोलिसी उपहार दिएको बाबुआमाको भनाइ रहेको छ ।

बचत र जोखिम बहनको लागि उत्कृष्ट हुने भएकाले पनि बीमा पोलिसी उपहार प्रदान गर्ने निर्णय गरिएको उनिहरुको धारणा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर रुपा खत्री र कम्पनीको गल्कोट उपशाखा प्रमुख सन्दिप निउरेले जीवन बीमा गर्न सहजीकरण गरेका थिए ।

यसरी जन्मोत्सवका दिन बाबुआमाले छोराको बीमा गराउदा समाजमा बीमा प्रती सकारात्मक सन्देश प्रवाह हुने उपशाखा प्रमुख निउरेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*