लोकसेवा आयोगद्वारा अधिकृतदेखि सहसचिवसम्मका पदमा दरखास्त आह्वान

३० आश्विन २०८१, बुधबार ११:३४

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ ।

त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*