कामना सेवा विकास बैंकको साधारणसभा आज, १२ प्रतिशत लाभांश पेश गरिँदै
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (असोज ३०) बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन भगवतीमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ ।
सभामा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनार्थ बैंकले असोज १५ गते बुक क्लोज गरिसकेको छ । सोका आधारमा असोज १४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।