सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा दावी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

२९ आश्विन २०८१, मंगलवार १८:०५

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका वडा नं ९ का स्वर्गीय गिता देउजाको परिवारलाई कम्पनीले १४ लाख रुपैंया बराबरको चेक घरमै पुगेर हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारको क्रममा साउदी अरबमा निधन भएकी देउजाका बुबा अर्जुन बहादुर देउजालाई उनकै घर मेलम्ची नगरपालिका –९ ज्यामिरे गाउँमा पुगेर कम्पनीले दावी वापतको रकम बराबरको चेक हरुतान्तरण गरेको बनेपा शाखा प्रमुख मुरारी प्रसाद तिवारीले जानकारी दिए ।

बीमा रकमको चेक हस्तान्तरण कार्यक्रमलाई स्थानिय तहबाट कम्पनीका मार्केटिङ मेनेजर बिजय कृष्ण श्रेष्ठले समन्वय गरेका थिए । मृतककी दिदी लक्ष्मी देउजा, आमा होम कुमारी देउजासहित परिवारको उपस्तिथिमा उक्त रकम हस्तान्तरणको कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*