सरकारको चालु खातामा करिव ५० अर्ब, शोधनान्तर स्थिती एक खर्ब एक अर्ब रुपैयाँले बचतमा

२९ आश्विन २०८१, मंगलवार १७:५१

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सरकारको चालु खातामा ४९ अर्ब ६९ करोड रुपैयाँ बचत रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान स्थितीले उक्त रकम बचत रहेको देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारको चालु खातामा २३ अर्ब ९७ करोड रुपैयाँ बचत रहेको थियो । यस अवधिमा अमेरिकी डलरमा चालु खातामा ३७ करोड एक लाख रुपैयाँ बचत रहेको छ ।

दुई महिनामा खुद पुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह दुई अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिती एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिती ५५ अर्ब १० करोड रुपैयाँ बचत रहेको राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*