अर्थतन्त्रमा रमाइलो दृष्यः दुई महिनामा २६२ अर्बको आयात, राजश्व संकलन १६६ अर्ब, के संकेत गर्दैछ ?

२९ आश्विन २०८१, मंगलवार १७:३३

काठमाडौं । नेपालको अर्थतन्त्रमा निकै रमाइलो परिदृष्यहरु देखिन थालेका छन् । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको भदौं महिनासम्मको तथ्याङ्क अनुसार दुई महिनामा २६२ अर्ब ५४ करोड रुपैयाँको कूल बस्तु आयात गरेको छ । यस बाहेक सेवा समेत थप हुँदा अझै बढ्नेछ । तर, सोही अवधीमा देशको राजश्व संकलन भने १६६ अर्बमा सीमित भएको छ । अर्थात कूल आयातको आधा मात्रै राजश्व संकलन भइरहेको छ ।

तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा बस्तु निर्यात ५.१ प्रतिशतले घटेर २६ अर्ब नौ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष निर्यात ७.८ प्रतिशतले ह्रास आएकोमा यस वर्ष ह्रास आउने क्रम कम भएको देखिएको छ । निर्यात मध्ये चीनमा सबैभन्दा धेरै घटेको छ । चीनमा ४५.३ प्रतिशतले निर्यात घटेको छ ।

नेपालले चिया, पिना, जुत्ता चप्पल, सायाबिन तेल जस्ता सामानको निर्यात बढेको छ भने अलैची, जिंक सिट, पाम तेपल, तयारी पोशाक, जडिबुटी लगायतको निर्यात घटेको छ । नेपालले आयात गर्ने सामानहरुमा अटो, स्पेयरपार्टस, खाने तेल, रसायनिक मल, दुर सञ्चार उपकरणको आयात बढेको छ भने सुन, एमएस बिलेट, चालम, कच्चा पाम तेल, विद्युतीय उपकरणको आयात घटेको छ ।

चालु आवको दुई महिनामा बस्तु व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भई २३७ अर्ब ४५ करोड नाघेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा ४.७ प्रतिशतले कमी आएको थियो । नेपालले दुई महिनामा २९ अर्ब ९३ करोड बराबरको बस्तु तथा सामान आयात गरेको छ ।
दुई महिनामा सेवामूलक व्यापारमा २८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको छ । समीक्षा अवधीमा भ्रमण आय बापत १० अर्ब ५३ करोड रुपैयाँ देशले आम्दानी गर्दा नेपालीहरुले ४३ अर्ब ४९ करोड रुपैयाँ विदेश भ्रमणमा सकाएका छन् । नेपालीहरुले विदेश भ्रमणमा गर्ने खर्च २२.२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको दुई महिनामा नेपालीहरुले जम्मा ३५ अर्ब रुपैयाँ भ्रमणमा खर्च गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*