दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३५ अर्बले बढ्यो

२९ आश्विन २०८१, मंगलवार १७:२५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ० दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको भदौ सम्मको तथ्याङ्क अनुसार ०.५ प्रतिशत अर्थात निक्षेप परिचालन ३५ अर्ब ३ करोड रुपैयाँले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, ३०.९ प्रतिशत र ५६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २५.९ प्रतिशत र ६१.१ प्रतिशत रहेको थियो ।

दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । २०८० भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६.१ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*