१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो

२९ आश्विन २०८१, मंगलवार १६:४५

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।

चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेर दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ००४ रहेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा खुद ट्रान्सफर दुई खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ५१ अर्ब रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*