रु रु जलविद्युत परियोजनाको बोनश शेयरमूल्य समायोजन

२९ आश्विन २०८१, मंगलवार १५:५६

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रु रु जलविद्युत परियोजनाको बोनश शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम अन्तिम शेयरमूल्य ८७९ रुपैयाँको आधार नेप्सेले १५ प्रतिशत बोनश वापतका शेयरलाई प्रतिकित्ता ७६४ रुपैयाँले समायोजन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*