दशैंपछिको पहिलो कारोबारमा देखियो उत्साह, नेप्से ३१ अंकले बढ्दा कारोबार रकम कति ?

२९ आश्विन २०८१, मंगलवार १५:०७

काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा उत्साहपूर्ण तरिकाले वृद्धि भएको छ । मंगलबारका दिन अधिकांश उपसूचकहरुमा हरियाली छाएको छ ।

आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९।६६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री भएर तीन अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज उत्पाद तथा प्रशोधन उपसूचक बाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ । जसमा कुल २०५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*