मनकामना केबलकार मंगलबारदेखि ३ दिन बन्द

२८ आश्विन २०८१, सोमबार १०:२७

काठमाडौं । मनकामना केबलकार २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको व्यवस्थापकले जनाएको छ ।

दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । द्वादशीका दिन सोमबार भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ-जाउ गर्न सहज होस् भनेर सोमबार एक दिन खुला गरिएको र मंगलबारदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । केबलकार मर्मतका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*