आज बिजया दशमी भव्यतापूर्वक मनाइदै, टीकाको साइत ११ः३६ बजेपछि

२६ आश्विन २०८१, शनिबार ०८:२४

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको महत्वपूर्ण दिन आज बिजया दशमी हो । नौदिनसम्म नवदुर्गा भवानीको पुजा गरेपछि आज देवी बिसर्जन गरी देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बिजया दशमी भव्यतापूर्वक मनाइदैछ ।

ज्योतिषहरुको संस्था नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको निष्कर्ष सार्वजनिक गरिएको छ । यद्यपि केही ज्योतिषविदहरुले भने आज विहान केही अबेरसम्म नवमी तिथी नै रहेकोले दशैंको टीका ढिला नै गरेर लगाउनुपर्ने बताएका छन् ।

हरेक वर्षको शरद ऋतुको आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी देशैभरि मनाइने ऐतिहासिक सामाजिक महत्व बोकेको राष्ट्रिय पर्व हो । आज आफूभन्दा ठूला मान्यजनबाट टीका र प्रसाद ग्रहण गरेपछि आगामी पाँच दिन अर्थात पूर्णिमाको दिनसम्म दशैंको टीका र प्रसाद लगाउने चलन छ । दशैंले नेपाली समाजिक, पारिवारिक मिलन र एकताको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*