बीमा प्राधिकरणका अध्यक्ष, निर्देशक र बीमकहरुले यो वर्षको दशैँ कसरी मनाउँदैछन् ?

२५ आश्विन २०८१, शुक्रबार १६:१७

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष, निर्देशकहरु लगायतका जीवन र निर्जीवन बीमा कम्पनीका सीईओहरुले भव्य रुपमा यो वर्षको दशैँ मनाउदैछन् ।

नेपाली नागरिकहरुको महान चाँडका रुपमा रहेको दशैँले सबैमा हर्सोउल्लास ल्याएको छ । बीमापोष्टले तयार गरेको दशैँ स्पेशलमा बीमा प्राधिकरणका अध्यक्ष तथा बीमकहरुले आफ्नो बाल्यकालका क्रियाकलापहरुको याद आउने गरेको बताएका छन् ।

यसरी बनाउँदैछन् बीमा प्राधिकरण अध्यक्षदेखि बीमकका सीईओहरु

सूर्यप्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस वर्षको दशैं काठमाडौंमा परिवारसँग बसेर मनाउँदै छन् । अध्यक्ष सिलवालले यो पटक दशैं परिवारको साथमा बसेर मनाउने योजना बनाएका हुन् ।

बाल्यकालको दशैं अचम्मै रमाइलो हुने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘आजकल हाम्रो बाल्यकाल जस्तो दशैं मनाउदैनन् जस्तो लाग्छ । हाम्रो पालामा त दुई महिनाअघि देखि नै दशैंको उमंग छाउँथ्यो । दशैं कतै परबाट आउँदैछ भन्ने भान पूर्ववत रुपमा हुन्थ्यो । दुई महिनाअघि नै हामीले दशैंको तयारीमा रहन्थ्यौं ।’

‘कहिले बुबा घर आउनु होला र नयाँ लुगा किन्न पाँउला । नयाँ जुत्ता–मोजा र रोजाइका अन्य सामान किन्ने आशा र हुटहुटीमा हामी दशैंअघिका २ महिना बिताउथ्यौं, उनले अगाडि भने, ‘घरमा बुबा आएपछि घरमा खसी कहिले ल्याउनुहुन्छ रु भन्ने पखाईमा हुन्थ्यौं । खसी बेस्सरी कराउँथ्यो ।’

त्यो बेला पैसा मनिटाइज नभएको बेला थियो । र, पनि सबै चिज पाईन्थ्यो । पैसा हुदैनथ्यो । अन्न, खेतीपाती, पशुपन्छी पालना गरिन्थ्यो । त्यो समय देशको समग्र इकोनोमी सिष्टममा पैसाको चहल पहल हुँदैन थियो, आर्थिक गतिविधि भने हुन्थ्यो । आफ्नै घरमा सबै कुरा हुने भएपछि पैसाको खाँचो पनि पर्ने थिएन ।

सुशिल देव सुवेदी, निर्देशक, नेपाल बीमा प्राधिकरण
नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदी दशैं भन्ने वित्तिकै बाल्यकाल सम्झिहाल्छन् । उनी अहिले पनि बाल्यकाल सम्झेर दशैंमा पिङ् खेल्न डौडिहाल्छन् । उनी भन्छन्, ‘दशैं आउने वित्तिकै मनै रोमान्चित हुन्छ । दशैं भन्नासाथ म बाल्यकालको दशैं सम्झिन्छु । त्यतिबेला गाउँमा जब लङ्गुरबुर्जा हल्लाएको सुनिन्थ्यो, पिङ मच्चिएको देखिन्थ्यो अनि दशैं आउँथ्यो ।’

‘दशैंमा घर जाँदा पनि पुराना दशैंको याद आउँछ । बाटोमा पिङ देखेँ भने गाडीबाट ओर्लिएर खेल्छु । पिङमा मच्चिँदा खुब रमाइलो लाग्छ, सुवेदी अगाडि थप्छन्, ‘पिङ चढ्दा बाल्यकाल नै फर्किएजस्तो लाग्छ । कतिबेला घर पुगेर बाल्यकालका साथी भेटौँ जस्तो हुन्छ ।’

दशैंमा कहाँ बढी दक्षिणा पाइन्छ भनेर आफुहरुले बढी खुल्दुली हुने गरेको सुनाउँछन्, सुुवेदी । विशेष गरी मामाघरमा दक्षिणा लिँदाको स्मरण नै छुट्टै हुन्थ्यो, सुवेदी भन्छन्, ‘सानो बेलामा जिम्मेवारीले थिचेको हुँदैन । बाल्यकालको दशैं मानसपटलमा अझै पनि छ र रहन्छ पनि । त्यो बेलाको दशैं सम्झेर अझ रमाइलो लाग्छ ।’

पुजन ढुंगेल, निर्देशक, नेपाल बीमा प्राधिकरण
‘दशैं भन्ने बित्तिकै मलाई मात्रै हैन, सबैलाई बाल्यकाल याद आँउछ । हाम्रो पालामा दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने, मिठो खाने भन्ने हुन्थ्यो,’ नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल भन्छिन्, ‘अहिले नयाँ लुगा लगाउन र मीठो खान दशैं नै कुर्नु अवस्था छैन । त्यहि भएर दशैं भन्ने बित्तिकै पुरानो यादहरु स्मरण हुन्छ ।’

बाल्यकालमा दक्षिणाको ठूलो महत्व हुन्थ्यो, हामीलाई । बाल्यकालको अनुभव सुनाउँदै निर्देशक ढुंगेल भन्छिन्, ‘हाम्रो बुबा आमाले दशैंमा कसरी नयाँ लुगा किन्ने व्यवस्था गर्नुभएको थियो, कसरी खर्च पुराउनु भएको छ भन्ने भन्दा पनि टिका लगाउन मान्यजनकोमा जाँदा दक्षिणा कति आँउछ भन्ने विषयकै खुल्दुली हुन्थ्यो ।’

अहिले त्यो परिवेश फेरिएको छ । उनी भन्छिन्, ‘यो पल्ट म परिवारसँगै दशैं मनाउदैछु । एक वर्षदेखि नभेटेको मान्यजनहरुसँग भेट्ने, रमाइलो गर्ने, आशिर्वाद लिने परिपाटी अझै पनि स्थिर छ । यो पर्व सबैलाई जुटाउने पर्व हो, जस्तो मलाई लाग्छ ।’

पोषकराज पौडेल, अध्यक्ष, जीवन बीमक संघ नेपाल
दशैंको सबैका आ(आफ्ना अनुभव छन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल बाल्यकालको दशैं अति रमाइलो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी सप्तमीदेखि नै दशैंको प्लान बनाउथ्यौं । दशैंदेखि नै हामी तिहारको देउँसी भैलीको तयारी गथ्र्यौँ ।’

अहिले परम्परागत दशैं भएको हो कि भन्ने गुनासो गर्छन्, उनी । पहिले दशैंमा रंगरमाइलो गर्ने, सबै परिवारका सदस्य मिलेर खाना पकाउने र किनमेल गर्न जाने परम्परा अर्थात् संस्कार हटेको जस्तो अनुभव आफुले गरेको उनी बताउँछन् ।

परिवारका सबै सदस्य एक ठाउँ भेला भई सँगैबस्ने, खाने, पिउने, खेल्ने, रमाइलो गर्ने पर्वको रुपमा दशैं, तिहारलाई लिने गरिन्छ । सामान्य नागरिक, बीमाकर्मी, उद्योगी, व्यवसायीदेखि राजनीतिज्ञ समेत सबैको चासो र चर्चाको चाड हो, दशैं ।

चंकी क्षेत्री, अध्यक्ष नेपाल बीमक सघ

दशैं मान्ने सबैका आफ्नै योजना छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सधैँ झै उपत्यका बाहिरै दशैँ मनाउँदै छन् । यो वर्ष पनि परिवारको साथमा दशैं मनाउन तँनहु जान लागेको अध्यक्ष क्षेत्रीले सुनाए । वर्षदिनमा आउने चाडपर्व मनाउन मात्रै नभई परिवार एकै साथमा हुँदा सँधै खुसी हुन्छु, उनी भन्छन्, ‘गाँउघरमा प्रकृतिको छुटै आभास हुने भएको कारण मलाई यहाँसम्म आउन चाडपर्व नै, चाहिँदैन । बेला मौकामा केही समय निस्कनासाथ म घर पुगिहाल्छु ।’

प्रायः आफुले दशैँ गाउँमै गएर मनाउने गरेको उनी बताउँछन् । उनले भने, ‘यो पल्ट बाटोघाटोको अवस्था ठिक नभए पनि दशैँ मान्न गाउँ नै जान्छु । दशैँको रमाइलो भनेको गाउँमै राम्रो । त्यसकारण मैले गाउँमा गएर दशैं मनाउने तयारीमा छुँ ।’

प्रविणरमन पराजुली, सीइेओ, नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली अहिले दशैं निकै फेरिएको बताउँछन् । उनका अनुसार पहिले दशैंको रौनक अर्कै थियो, अहिले फरक भएको छ ।

उनी भन्छन्, ‘पहिले दशैं आउटडोर हुन्थ्यो । अहिले हामी त्यो आउटडोर इभेन्टबाट इन्डोरमा आइपुगेका छौँ । यसको महत्व हामीले अघिल्लो पुस्तालाई हस्तान्तरण गनुपर्ने भएकाले दशैंको परम्परामा आएको बदलावले चिन्ता लाग्छ ।’

दशैंमा टीका लगाउन, मिठो खान, दक्षिणा कति पाँउछ होला रु भन्ने कौतुहल हुनु स्वभाविकै भए पनि यो चाड एउटा छुट्टै खालको मेमोरी किय्रट गर्ने अवसर पनि हो, उनी भन्छन्, ‘दैनिकीको व्यस्ततालाई रोकेर परिवार, साथीभाइ र इष्टमित्रहरुसँग समय बिताउने अवसर हो, दशैँ ।’

वर्ष दिनमा आउने बडादशैं हर्षोल्लासका साथ मनाउन पाउनु र ठूलाबडाबाट आशिर्वाद ग्रहण गर्नु पाउनुको उमंग नाप्न नसकिने उनको भनाइ छ । यो पल्ट काठमाडौंमै परिवारकासाथ आफुले दशैं मनाउने सीईओ पराजुलीले बताए । उनले भने, ‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ ।’

दीप प्रकाश पाण्डे, सीईओ, शिखर इन्स्योरेन्स
दशैंको बेला नयाँ लुगा लगाउने, सहयोगीलाई पनि लुगा किनिदिने चलन थियो, त्यतिबेला । उ बेलाः बाल्यकालको दशैं सम्झिँदै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दिपप्रकाश पाण्डे भन्छन्, ‘उनको घरमा ठूलो मात्रामा आफन्तहरुको जमघट हुन्थ्यो । दशैंका बेलामा घरमै टीका लगाउने प्रचलन छ ।’

दशैं नेपालीहरुको ठूलो चाड हो । उमंग, उत्साह छाउने चाडको रुपमा लिइन्छ, दशैंलाई । सीईओ पाण्डे भन्छन्, ‘दशैं भन्ने वित्तिकै घरपरिवार, इष्टमित्र भेटघाट, चङ्गा उडाउने, खसी, बोका काटेको हेर्ने, त्यो मज्जा नै छुट्टै हुन्थ्यो । त्यो चाहि अहिले धेरै अफिसियल भइसकेको छ ।’

समयसँगै दशैंको रौनक परिर्वतन भइसकेको छ । पाण्डे अगाडि भन्छन्, ‘त्यहि पनि परिवारसँग जमघट गर्ने एउटा ठूलो माध्यम जस्तो लाग्छ, मलाई । हाम्रो ठूलो परिवारको जमात छ । दशैंमा टीका लगाउन १५० जनासम्म एकै ठाँउमा भेला हुन्छौं । हाम्रो दशैं परिवारसँगै छुट्टै खालको रमाइलो हुन्छ ।’ भगवतीको र अभिभावको आशिर्वादले दशैंमा थप उर्जा आउने सीईओ पाण्डे बताँउछन् ।

संचित ब्रजाचार्य, सीईओ, प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एवं सीईओ संचित ब्रजाचार्यको दशैं अनुभव भिन्दै छ । कामबाट लामो समयको विदा पाइने भए पनि उनी घुम्न जान रुचाउँदैनन् । दशैं परिवारका साथमा रहेर मनाउँदा आनन्द आउने उनको भनाइ छ ।

उनी भन्छन्, ‘पारिवारिक भेटघाट र परिवारलाई समय दिँदादिँदै दशैं सकिएको पत्तै हुन्न । आफूभन्दा ठूलाको आशिष र भेटघाटले मन थप प्रफुल्ल हुन्छ ।’ संयुक्त परिवारमा बस्ने भएका कारण चाडपर्वमा थप रमाइलो हुने उनको भनाइ छ ।

दशै भन्ने बित्तिकै बज्राचार्यलाई सबैभन्दा पहिले चङ्गा याद आउँछ । र, अनि मात्रै खसीको कुरा आँउछ । बाल्यकालमा राम्रो लगाउन, मिठो खान पाए र परिवारको साथमा रमाउन पाए त्यसै उल्लासपूर्ण हुन्थ्यो ।
उनी भन्छन्, ‘दशैंमा तास खोल्ने, जाड रक्सी खाएको अनुभव मेरो छैन । म परिवार र इष्टमित्रसँग भेटघाट हुँदा त्यसै खुसी हुन्छु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*