दशैंको दक्षिणाबाट गर्न सकिन्छ सजिलै बालबालिकाको जीवन बीमा

२७ आश्विन २०८१, आईतवार १०:३९

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ आफ्ना बालबच्चाहरुको जीवन बीमा गर्नसक्नुहुनेछ ।

जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि पनि ठूलो मद्धत गछ । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नु पर्छ । नेपालमा भने न्युन आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको हो ।

हाल धेरै कम्पनीहरुले बालबालिकाको लागि धेरै सूविधासहितका बीमा पोलिसीहरु बजारमा ल्याएका छन् । अभिभावकहरुले दक्षिणाको रकमलाई उपयोग गर्न बीमा एक सुनौलो माध्यम बन्न सक्छ ।

तपाई–हामीले जीवन बीमा गर्न अवस्थामा सही बीमा कम्पनी र व्यवसायीक अभिकर्तासँग बीमा गराउँन आवश्यक छ । दशैँको दक्षिणा र केही रकम थपेर सहजै कुनै पनि बीमा कम्पनीमा जीवन बीमा गर्न सकिन्छ । बीमा गरेपश्चात पोलिसी परिपक्क भएको अवस्थामा बीमितको उच्च शिक्षा हासिल, स्वास्थ्य तथा अन्य विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ।

जीवन बीमा कसरी गर्ने ?

बच्चा जन्मेकै दिन उस्को बीमा गर्न सकिन्छ । आमा वा बुवा मध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ । बीमा प्राधिकरणको प्रावधान अनुसार ६५ वर्ष भन्दा माथी पुगेको बृद्धको भने जीवन बीमा हुँदैन । नेपालमा १४ जीवन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र निजी क्षेत्रका १३ कम्पनीले बीमा सेवा प्रदान गर्छन् । आफूलाई पायक पर्ने स्थानमा आफ्ना छोराछोरीको बीमा गर्न सकिन्छ । नागरिकहरुले कुनै पनि बीमा गर्नको लागि असल आचरण र व्यवसायिक अभिकर्तालाई छनोट गर्नुपछ । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने स्थितीमा हामीले बीमा कम्पनीमा बीमा गराउन सक्छौ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?

कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नु पर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ। त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ। ५० हजार रुपैयाँ माथि जति बिमाङ्कको पनि बीमा गर्न सकिन्छ।

सामान्यतया सबै जीवन बीमा कम्पनीहरुले विभिन्न नामक बाल बीमा पोलिसीहरु बजारमा ल्याएका छन् ।

कति रुपैयाँ फिर्ता आउँछ?

बीमा भनेको जोखिम घटाउनु हो। त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बिमाङ्क बराबरको सबै रकम फिर्ता दिन्छ। जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने बीचमा कुनै दुर्घटना भए ५ लाख र पैसा तिरेको अवधि सम्मको बोनस पाईन्छ।
भवितब्य आएन भने अवधि सकिएपछि तपाईले तिरेको सबै पैसामा कम्पनीले दिने बोनस जोड्दा लगभग दोब्बर रुपैयाँ फिर्ता हुने बीमा कर्मीहरु बताउँछन् । जस्तो पाँच लाख रुपैयाँको बीमा गर्दा अन्त्यमा झन्डै १० लाख रुपैँया फिर्ता पाईन्छ ।

दसैं, तिहार र जन्म दिनमा पाएको दक्षिणाले आफ्नो क्षमता अनुसारको बीमा गर्न सजिलै पुग्छ । दसैंमा बालबालीका दक्षिणा कति पाउँछन् अभिभावकले त्यसलाई जोगाएर राखिदिनु पर्छ । मिठो खाने र राम्रो लाउने कुरा अभिभावकले पुर्याएकै हुन्छन् । बच्चाहरुलाई यो पैसाले बीमा गर्यो भने भोलि तिमिहरुलाई पढ्न लेख्न हुन्छ भनेर सम्झाउने हो भने उनीहरु सजिलै मान्छन् ।

बीमा गर्न सुरु गरेको एक दुई वर्षमै अभिभावकको जीवन तल माथी भैहाल्यो भने पनि बच्चाले मासिक रुपमा बीमा रकमको एक प्रतिशत पढाई खर्च बीमा अवधिभर पाउँछ । अवधि सकिए पछी बीमा रकम र जति रुपैयाँ तिरेको हो त्यसको बोनस पनि एकमुस्ट फिर्ता पाउने प्रावधान समेत छ ।

बच्चाले पाएको दक्षिणा रकममा अभिभावकले अलिकति थपेर बीमा गरिदिने हो भने भविष्यका लागि राम्रो बचत हुने बीमाकर्मीहरुको धारणा छ । दसैंमा आउने दक्षिणा, जन्मदिनमा आउने दक्षिणा लगाएत उनिहरुले बेला बेला पाउने रुपैयाँ बचाउने हो भने अभिभावकको आयस्रोत बलियो नभए पनि बीमा गर्न समस्या हुँदैन् । यदि ५० हजारको मात्र बीमा गर्ने हो भने वार्षिक रुपमा तीन हजार हाराहारी प्रिमियम तिर्दा १५ वर्षको बीमा गर्न सकिन्छ। थोरै भए पनि यो रकम बचतसँगै र जोखिम बहनमा पनि सहायक बन्न सक्छ।

कति किसिमका जीवन बीमा हुन्छन्?

जीवन बीमा धरै प्रकारका हुन्छन्। सबै बीमा कम्पनीले बीमा प्राधिकरणले तोकेको नियम भित्र रहेर बीमा गर्छन्। कुनै खास स्किम भने कम्पनी आफैले ल्याउन सक्छन्।

नेशनल लाइफको एक वर्षे बीमा कार्यक्रम छ । जसमा एक वर्षको बिचमा व्यक्तीको दुर्घटना भैहालेमा कम्पनीले बीमा रकम भुक्तानी दिन्छ । केहि नभएमा जम्मा गरेको रकम फिर्ता गर्छ। यो एक लाख सम्मको बीमा कार्यक्रम हो ।

सामान्य बीमामा बीमाङ्क रकम तिर्दै जाने र भुक्तानी भने अवधी सकिए पछि मात्रै पाउने हुन्छ। अहिले बढ्दो प्रतिश्पर्धामा बीमा कम्पनीले बिभिन्न स्किम ल्याएको हुँदा सकेसम्म सबै कम्पनीमा बुझेर राम्रो लागेको बीमाको प्याकेज लिनु पर्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*