सन नेपालको दशै फोटो प्रतियोगिताः आफ्नो परिवारको दशैको टिकाको फोटो पोष्ट गरि जित्नुहोस् १० हजार रुपैयाँ

२५ आश्विन २०८१, शुक्रबार १४:२३

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘हाम्रो परिवार हाम्रो दशैको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फोलो गरि आफ्नो परिवार सँग खिचिएको बिजया दशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैंको मिठो सन्देश लेखि सन नेपालको आधिकारिक पेजलाइ मेन्सन गर्नु पर्नेछ । फोटो पोष्ट गर्दा ह्याश ट्याग #sunepallifeinsurance#हाम्रो–दशैंको–टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरु मध्ये एक भागशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले घोषणा गरेको छ ।

दशैको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*