सानिमा रिलायन्स लाइफका सीईओ, सञ्चालक र प्रबन्धकहरुले एक वर्षमा बुझे ६ करोड रुपैयाँ , कुनले कति ? (सूचीसहित)

२५ आश्विन २०८१, शुक्रबार १२:५८

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले एक वर्षको अन्तरालमा तलव, भत्ता वापत करिव २५ लाख रुपैयाँ बुझेका छन् ।

कम्पनीको सातौं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन अनुसार सीईओ पाण्डेले २४ लाख ९२ हजार ७४७ रुपैयाँ बुझेका हुन् ।

उक्त आर्थिक वर्षमा सञ्चालकहरुलाई कम्पनीले १० लाख रुपैयाँ र प्रबन्धकहरुलाई तलब, भत्ता तथा सुविधा वापत पाँच करोड ७५ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको सातौ वार्षिक साधारण सभाले सञ्चालकहरुको भत्ता प्रति बैंठक १८ हजार रुपैयाँका दरले दिने प्रस्ताव समेत पारित गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*