प्रभु महालक्ष्मी लाइफमा सञ्चालक विरेन्द्र जंग पाण्डेको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य कुनको कति ?
२५ आश्विन २०८१, शुक्रबार १२:१४
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन र लाभांश बहुमतले पारित गरेको छ ।
पारित प्रतिवेदन अनुसार सञ्चालकहरुमध्ये विरेन्द्र जंग पाण्डेको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीमा पाण्डेको २८ लाख ७३ हजार ८५० कित्ता शेयर शेयर रहेको छ ।
सञ्चालक समिति अध्यक्ष शिक्षा भट्टचनको नाममा १५ लाख ३७ हजार कित्ता शेयर रहेको छ । साथै, सञचालक सम्झना अर्यालको नाममा २१ लाख ५० हजार कित्ता, सर्वसाधारण समुहका सञ्चालक शंकर गौतमको तीन सय कित्ता शेयर रहेको छ ।